मिटरब्याज सम्बन्धी कानुन बन्यो
काठमाडौं, १२ साउन। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।संसदको प्रतिनिधिसभा र राष्ट्रिय दुवैसभाबाट पास भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक शुक्रबार राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।
प्रतिक्रिया दिनुहोस्