मधेश प्रदेशका २ जना मन्त्रीले दिए राजीनामा
काठमाडौं, १५ साउन। मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन्।मन्त्रालय खोसेर बिनाविभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन्। कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए। त्यसयता दुवै जना बिनाविभागीय मन्त्री थिए।
प्रतिक्रिया दिनुहोस्