पाकिस्तानमा बम विस्फोटबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो
काठमाडौं, १५ साउन। पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। एक सय जना घाइते भएका छन्। पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक ¥यालीमा बम विस्फोट भएको थियो। विस्फोटमा ४४ जनाको मृत्यु भएको र १०० जना घाइते भएको अन्तर्राष्ट्रिय मिडियामा उल्लख गरिएको छ। आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन।
प्रतिक्रिया दिनुहोस्