कोरोनाविरुद्धको खोप स्टकमा, प्रयोगविहीन ४० लाख डोजबारे निर्णय भएन काठमाडौं, १५साउन।सरकारसँग कोरोनाविरुद्धको ४७लाख डोज खोप भण्डारणमा रहेको छ।खोप स्वास्थ्य सेवा विभागअन्तर्गत टेकुस्थित केन्द्रीय कोल्डचेनमा राखिएको छ।स्टकमा रहेकोमध्ये ४०लाख डोज साइनोभ्याक र सात लाख २०हजार डोज फाइजर खोप हो।४०लाख डोज साइनोभ्याकको २०२३को डिसेम्बर १९मा म्याद सकिँदै छ। तर,हाल प्रयोगविहीन बनेको सो खोप के गर्ने भन्नेबारे विभागले निर्णय लिन सकेको छैन। सो खोप चीन सरकारले नेपाललाई निःशुल्क उपलब्ध गराएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्