दोस्रो दिन पनि प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा वार्ता काठमाडौँ, १५ साउन।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दोस्रो दिनपनि वार्ता भएको छ। ओली सोमवार बिहान पनि प्रधानमन्त्रीसँग वार्ताका लागि बालुवाटार पुगेका थिए। उनीहरुबीच करिब एकघण्टा वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ। दुई नेताहरुबीच सुनतस्करी प्रकरण, कोशी प्रदेशको राजनीतिक जटिलता र प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार बस्न लागेको संवैधानिक परिषद्को बैठकबारे कुरा भएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्