सुन प्रकरणबारे स्पष्ट जवाफ नआउँदासम्म सदन चल्न नदिने एमालेको अडान काठमाडौं, १५साउन।नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने भएको छ। एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ।त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने पनि अडान राखेको छ। यस कारण एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्