निर्माण व्यवसायीहरुले गरे बालुवाटारमा विरोध प्रदर्शन
काठमाडौं, १५ साउन। निर्माण व्यवसायीहरुले ठेक्काको म्याद थप लगायतका माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार( आज) बिहान काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेज लगायतका नौ बुँदे माग राखेका छन्। आन्दोलित निर्माण व्यवसायीहरूले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए।
प्रतिक्रिया दिनुहोस्