१३ प्रतिशतले घट्यो धान रोपाइँ
काठमाडौं, १५साउन।देशभर ७७प्रतिशत धान रोपाइँ सकिएको छ। १२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू–भागमध्ये ७७प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ। गत वर्षको यही अवधिमा ९०प्रतिशत भू–भागमा धान रोपाइँ भएको थियो। नेपालमा कुल १३लाख ५७हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ। जसमध्ये १२साउनसम्म १०लाख ५३हजार ४०४हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।
प्रतिक्रिया दिनुहोस्