साउन २९ देखि सत्याग्रहमा बस्ने गोविन्द केसीको घोषणा
काठमाडौं, १५साउन।स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा.गोविन्द केसी पुन सत्याग्रहमा बस्ने भएका छन्। यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४दिनको समय सीमा दिएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी,सबै प्रदेशमा मेडिकल कलेज पु¥याउने,चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने लगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्