महानगरले कार्यालयमा डोजर चलाउन खोजेपछि राप्रपाले माग्यो कानुनी आधार
काठमाडौं, १५ साउन। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा डोजर चलाउने तयारी गरेपछि राप्रपाले कानुनी आधार मागेको छ। पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले महानगर कानुनीरूपमा अघि नबढेको बताए। उनले मौखिम आदेशकै भरमा भवन भत्काउन नमिल्ने बताएका छन्। उनले भने,‘मौखिक रूपमा आएर मात्र घर खाली गराउन भएन। कानुनको अधिनमा राप्रपा पनि छ र महानगरपालिका पनि हुनुपर्छ।’
प्रतिक्रिया दिनुहोस्