बालुवाटारमा निर्माण व्यवसायीले गरे विरोध प्रदर्शन
काठमाडौं, १६ साउन। निर्माण व्यवसायीहरुले डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन्। उनीहरुले मंगलबार(आज) बिहान विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए।
प्रतिक्रिया दिनुहोस्