तोलामै ४०० रुपैयाँले महँगीयो सुनको भाउ
काठमाडौं, १६ साउन। मंगलबार सुनको मूल्य प्रतितोला ४००रुपैयाँले महँगीएको छ। अघिल्लो करोबार दिन अर्थात् सोमबार प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज महँगीएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँ कायम गरिएको छ।
प्रतिक्रिया दिनुहोस्