कोशीमा नयाँ सरकार गठनका लागि सभामुख गौतमले राजीनामा दिँदै
काठमाडौं, १६ साउन। कोशी प्रदेशमा सभामुखको राजीनामा गराएर पुनः गठबन्धनले नयाँ सरकारका लागि दाबी पेस गर्ने भएको छ। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ। त्यसअघि कोशीका सभामुख बाबुराम गौतमले राजीनामा दिने नेकपा माओवादीका केन्द्रका एक सांसदले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्