टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं, १६ साउन। नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ(क्यान)ले २४खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले पनि पुनरागमन गरेकी छिन्। मलेसियामा हुने टी–२०विश्वकप एसियन क्षेत्रको छनोटका लागि अगष्ट २८ देखि सेप्टेम्बर ९(भदौ ११ देखि २३)गतेबाट प्रतियोगिता सुरु हुँदैछ।
प्रतिक्रिया दिनुहोस्