भूकम्पको ८ वर्षपछि ‘नेपालको पहिलो संसद् भवन’ मर्मतको प्रक्रिया अघि बढाउन निर्देशन
काठमाडौं,१६साउन।सहरी विकास मन्त्री सीता गुरुङले नेपालको पहिलो संसद् भवनको रूपमा रहेको ग्यालरी बैठक भवन मर्मतको काम अघि बढाउन निर्देशन दिएकी छिन्।मंगलबार सिंहदरबार परिसर भित्र रहेको भवनको स्थलगत निरीक्षण गर्दै साउन मसान्तभित्र उक्त भवनको अवस्थाबारे गरिएको अध्ययानको रिपोर्ट बुझाउन र भदौमा ‘रिट्रोफिट’को लागि बोलपत्र आह्वान गर्न निर्देशन दिएकी हुन्।राणाकालमा निर्माण भएको ग्यालरी बैठक भवनमा २०७२सालमा गएको भूकम्पले क्षति पुगेको थियो।
प्रतिक्रिया दिनुहोस्