दुई मन्त्री पाउने भएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने
काठमाडौं, १६ साउन।नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो।छलफलमा नागरिक उन्मुक्तिले २मन्त्री पाउने सहमति भएको नेताहरूले बताएका छन्। यसका साथै संसदका ४ समितिलाई बढाएर ६बनाउने र २वटा समिति नागरिक उन्मुक्तिलाई दिइने भएको छ। त्यस्तै नागरिक उन्मुक्तिले एक राज्यमन्त्री पनि पाउने भएको छ।
प्रतिक्रिया दिनुहोस्