भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, १६ साउन। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमले मंगलबार(आज) इन्धनको नयाँ मूल्य सूची आएको जनाएको छ।जसअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ। निगमका अनुसार पेट्रोलमा ८रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७रुपैयाँ र हवाई इन्धनमा ८रुपैयाँ बढेर आएको छ। त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो।
प्रतिक्रिया दिनुहोस्