आन्तरिक ऋण उठाउन सुरु, साउनमा २२ अर्ब रुपैयाँ उठाउँदै सरकार काठमाडौं, १६ साउन।सरकारले आन्तरिक ऋण उठाउने प्रकृया सुरु गरेको छ। चालु वर्ष सरकारले २खर्ब ४०अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने निर्णय गरेको छ। साउनको १८गतेबाटै सरकारले आन्तरिक ऋण उठाउने तालिका तयार पारेको छ।सरकारले कुल २खर्ब ४०अर्बमध्ये ५५अर्ब रुपैयाँ असोज मसान्तभित्र उठाउने छ।पुसभित्र अर्को ५५अर्ब आन्तरिक ऋण उठाइने छ। चैतसम्म अर्को ५३अर्ब थपिने छ। बाँकी रहेको ७७खर्ब असार मसान्तसम्म उठाइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्