२८ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब पनि पुगेन
काठमाडौं, १६साउन।सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, मंगलबार पुनः घटेर बन्द भएको छ।मंगलबार नेप्से परिसूचक२८.५९ अंक घटेर २०७७.५८विन्दुमा झरेको छ।मंगलबार बजारमा २६२स्टकको ४० हजार ८३७पटकको कारोबारमा १अर्ब ९२करोड ४४लाख रुपैयाँ बराबरको ६०लाख १५हजार कित्ता शेयर खरिदबिक्री भएको छ।यस दिन ३५स्टकको मात्र मूल्य बढेको छ।यस दिन १३उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।
प्रतिक्रिया दिनुहोस्