पूर्वाधार विकासमा सहयोग गर्न वित्त निगमलाई महासंघ अध्यक्ष ढकालको आग्रह
काठमाडौं, १६ साउन। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र निगमका उपाध्यक्ष सुसन लनसँग भएको भेटमासाना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत् लगायतका पूर्वाधार विकास एवम् लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग गर्न अध्यक्ष ढकालले आग्रह गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्