युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं, १६ साउन। राष्ट्र मन्त्रालयले युद्धग्रस्त देशमा सुरक्षा सम्बन्धी काममा नजान अनुरोध गरेको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइप्रति सजग रहन पनि भनेको छ। नेपालीहरु विदेशी सेनामा भर्ना भएका भन्ने केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा ध्यानाकर्षण भएको बताउँदै मन्त्रालयले यस्तो आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्