कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले भोलि शपथ ग्रहण गर्ने काठमाडौं,१६साउन।कोशी प्रदेशका नवनियुक्त मुख्यन्त्री उद्धव थापाले भोलि बिहान १०ः३०बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।थापालाई प्रदेश प्रमुख खापुनले आज मुख्यमन्त्री नियुक्त गरेका हुन्।सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्