कांग्रेसले ७७ वटै जिल्लामा तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौं, १७ साउन। नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ। केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ। केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन। प्रतिनिधिहरु पहिलो चरणमा २०देखि ३०साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन्। दोस्रो चरण भदौ १०देखि २४ गतेसम्म तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्