रोजगारिको खोजीमा एकैवर्ष ७ लाख ७१ हजार नेपाली बिदेसिए
काठमाडौं, १७साउन।वैदेशिक रोजगारीको खोजीमा एकै वर्ष ७लाख ७१ हजार ३२७जना नेपाली युवा बिदेसिएका छन्।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७लाख ७१हजार नेपाली वैदेशिक रोजगारीको खोजीमा बिदेसिएका छन्।जसमध्ये ६लाख ९९हजार १९३जना पुरुष र ७२हजार १३४जना महिला बिदेसिएका छन्। सो अवधिमा ४लाख ९४हजार २२४जना नयाँ श्रम स्वीकृति लिएर बिदेसिएका छन् भने २लाख ७७हजार १०३जना पुनः श्रम स्वीकृति लिएका बिदेसिएका छन्।
प्रतिक्रिया दिनुहोस्