लम्पी स्किनलाई महामारी घोषणा गरि किसानलाई राहत दिन एमालेको माग
काठमाडौं, १७ साउन। नेकपा एमालेले लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिनसरकारसँग माग गरेको छ। देशभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिनुपर्ने एमालेले बताएको हो। एमाले काठमाडौं महानगर कमिटीले बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गरेको हो। पछिल्लो समय लम्पीप स्किन रोगले किसानका वस्तुभाउ मर्नेक्रम बढ्दो छ।
प्रतिक्रिया दिनुहोस्