राप्रपामा नेता बन्न आवेदन माग, ४० वर्षमुनिका २० जनालाई केन्द्रीय सदस्य बनाइने
काठमाडौं, १८साउन।राष्ट्रिय प्रजातन्त्र पार्टीले ४०वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ।पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ।सदस्य बन्न चाहनेले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने छ।जसमध्येबाट भूगोल, जनसङ्ख्या,पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५०प्रतिशत महिलासहित २०जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने छ।
प्रतिक्रिया दिनुहोस्