माओवादी केन्द्रीय समिति बैठक सुरू
काठमाडौं, १८ साउन। कमलादीमा जारी माओवादी केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि सुरू भएको छ। बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए। आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएका छन्। सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्धय गराइएको छ।
प्रतिक्रिया दिनुहोस्