आन्दोलनलाई काठमाडौं केन्द्रित गर्ने गौर हत्याकाण्डा पीडितहरुको चेतावनी काठमाडौं,१८साउन।गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउने चेतावनी दिएको छ।बुधबार बसेको संघर्ष समितिको बैठकले घोषति आन्दोलनाई थप व्यापक बनाउने निर्णय गरेको हो।बुधबार साँझ संघर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले विज्ञप्ति जारी गर्दै राज्य उदासिन रहेको भन्दै आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउन बाध्य हुने चेतावनी दिएकी हुन्।रौतहटमा जारी आन्दोलनलाई मधेशका थप जिल्लाहरुमा उठान गर्ने निर्णय समेत बैठकले गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्