सहकारी पीडितको प्रदर्शनमा हस्तक्षेप, १५ जना घाइते, दुईको अवस्था गम्भीर काठमाडौं, १८ साउन। सहकारी पीडितहरुले सडक प्रदर्शन गरेका छन्। उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको बिजुलीबजारस्थित आर्क ब्रिजमा सहकारीपीडितले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा करिब १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।सहकारी पीडित लामो समयदेखि माइतीघर मण्डलमा आन्दोन गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्