सुन तस्करी प्रकरणमा अर्को समिति आवश्यक छैन : रेखा शर्मा
काठमाडौं, काठमाडौं। सरकारले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति आवश्यक नभएको बताएको छ। सरकारकी प्रवक्ता रेखा शर्माले अहिले सुन तस्करी अनुसन्धान गरिरहेको निकाय राजस्व अनुसन्धान विभाग सरकारको शक्तिशाली र अधिकार सम्पन्न निकाय हो भन्दै उनले अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताइन्।
प्रतिक्रिया दिनुहोस्