चीनलाई गोप्य सूचना दिएको आरोपमा दुई अमेरिकी नौसेना पक्राउ
काठमाडौं, १९ साउन। अमेरिकी नौसेनामा सेवारत दुई सदस्यलाई चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ। यी दुईले बेइजिङलाई गोप्य सूचना बेचेको आशंका गरिएको अमेरिकन न्याय विभागले जनाएको छ, जसमा युद्धपोतहरू र तिनीहरूको हतियार प्रणालीका लागि म्यानुअलहरूका साथै राडार प्रणालीहरूको खाका र ठूलो अमेरिकी सैन्य अभ्यासको योजनाहरू समावेश रहेका छन्।
प्रतिक्रिया दिनुहोस्