विषालु च्याउ खाँदा १८ वर्षीय छोराको मृत्यु, आमा गम्भीर बिरामी काठमाडौं, १९ साउन। जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जना बिरामी भएका छन्। बिहीबार बिहान जंगलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४का करे सार्कीका १८वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीकाअनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो।तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी परेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्