कालीगण्डकी नदीमा एक युवक बेपत्ता काठमाडौं, तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२का ३२वर्षीय लोकेन्द्र भुसाल रहेका छन्। त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। बेपत्ता भुसालको खोजी भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्