सर्वसाधारणलाई मनकामना इन्जिनियरिङको आईपीओ साउन २८ देखि
काठमाडौं, १९ साउन। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई २२ लाख ७६हजार ६सय २०कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस निष्काशनमा साउन ३१गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १०कित्ता र अधिकतम १लाख कित्ताको आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
प्रतिक्रिया दिनुहोस्