एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धानको सीआईबीले गर्ने
काठमाडौं, १९ साउन।एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। राजश्व अनुसन्धान विभागले साउन ३मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५किलो ब्रेक शु बरामद गरेको थियो।
प्रतिक्रिया दिनुहोस्