रास्वपाले फिर्ता गर्‍यो ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स काठमाडौं,२१ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ। रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो। अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्