संवैधानिक निकायका रिक्त पदमा आवेदन आह्वान
काठमाडौं,२१ साउन। संवैधानिक परिषद्ले संवैधानिक निकायमा रिक्त रहेका पदका लागि आवेदन खुलाएको छ। परिषद् सचिवालयले १५ दिनभित्र आवेदन माग गरेको हो। परिषद्ले महालेखापरीक्षक, निर्वाचन अयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगका लागि रिक्त रहेका पदमा आवेदन मागेको छ। हाल महालेखापरीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग र मुस्लिम आयोगमा सदस्य पद रिक्त छ।
प्रतिक्रिया दिनुहोस्