सरकारले बनायो भिभीआइपी स्वास्थ्य उपचार समिति काठमाडौं,२१ साउन। सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो। नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशीएपछि समिति गठन गरिएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्