संसदको अवरोध हटाउन शीर्ष नेताबीच छलफल जारी
काठमाडौं,२२साउन। संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन्। सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको छलफल सुरु भएको हो।नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ।बैठकमा प्रधानमन्त्री प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख सचेतक र सचेतकहरु छलफलमा सहभागी भएका छन्।
प्रतिक्रिया दिनुहोस्