एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक बुधबारसम्म स्थगित
काठमाडौँ, २२ साउन। सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ। राष्ट्रियसभाको बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरे। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे। तर एमाले सांसदहरु उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबार सम्मका लागि स्थगित गरियो।
प्रतिक्रिया दिनुहोस्