संसदीय समितिमा दलहरुबीच भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले नपाउने
काठमाडौँ, २२ साउन। दलहरुले लामो समयपछि संसदीय समितिमा भागबन्डा मिलाएका छन्। निर्वाचनको करिब ८ महिनापछि दलहरुले संसदीय समितिमा भागबन्डा मिलाउँदै बाँडफाँट गरेका हुन्। जसअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २ र जसपाले १ समिति पाएका छन्। जनमत र एकीकृत समाजवादीले १/१ वटा समिति पाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने दलहरुले एउटा पनि समिति नदिने गरी सहमति गरेका छन्।
प्रतिक्रिया दिनुहोस्