सीआईबीले अघि बढायो सुन तस्करी प्रकरणमा अनुसन्धान, एसपी थापालाई अनुसन्धान अधिकृत तोकियो
काठमाडौं,२२साउन।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ।यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक(एसपी)सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबीले जनाएको छ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन प्रकरणमा २०दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८जना प्रहरीलाई बुझाएको थियो। जसमा प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई अनुसन्धानको लागि खटाएको थियो।
प्रतिक्रिया दिनुहोस्