भारी वर्षापछि काठमाडौँका विभिन्न स्थान डुबानमा
काठमाडौं, २३ साउन। काठमाडौँमा गएरातिदेखि भारी वर्षा भइरहेको छ। भारी वर्षाका कारण गौरिघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको छ। काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपास भारी वर्षा भएको कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पनि पानीको बहाव बढेको छ। विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढेकोले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्