देशभरका सात सडक पूर्ण अवरुद्ध, ३१ एकतर्फी सञ्चालन काठमाडौं, २३ साउन। अविरल वर्षासँगैको बाढीपहिरो देशभरका दर्जनौं सडक अवरुद्ध भएका छन्। बाढीपहिरोका कारण देशभरका सात सडक पूर्ण अवरुद्ध भएको सडक विभागले जनाएको छ। विभागका अनुसार ३१ सडक एकतर्फी सञ्चालनमा छन्। बाढीपहिरोले तमोर करीडोरको चतरा-मुलघाट सडक खण्ड, तानसेन-रिडी-कोरला सडक, भालुवाङ-लिवाङ-रोल्पा सडक, धनगढी-सहजपुर-वुडर सडक र बीपी राजमार्गको बर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल सडक(तीन ठाउँमा) अवरुद्ध भएका हुन्। यस्तै नारायणगढ मुग्लिङ सडक पनि अवरुद्ध भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्