बुटवल-पाल्पा सडकखण्ड एकतर्फी खुल्यो काठमाडौं, २३ साउन। मंगलबार बिहानैदेखि पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट खसेको पहिरो हटाएर एकतर्फी रुपमा सवारी आवागमन सुरु गरिएको प्रहरीले जनाएको छ । बिहान तिनाउ गाउँपालिका-३ ड्यामसाइटस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्