सर्लाहीमा बाढीको कारण दुई जनाको मृत्यु, ७२ जनाको उद्धार
काठमाडौं, २४साउन।सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ।मंगलबार साँझ बाढीमा फसेका ७२जनाको उद्धार गरिएको छ। सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७का ६०वर्षीय भोला चौधरीको मृत्यु भएको हो। उनको शव मंगलबार बाँके खोलामा शव फेला परेको हो। त्यस्तै खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२समनपुरका ६५वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्