सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं, २४ साउन। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था बैठक बस्नेछ। उक्त बैठकमा संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल हुने जनाइएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन।
प्रतिक्रिया दिनुहोस्