संसद् अवरोध खुलाउन प्रमुख तीन दलको बैठक फेरि बस्दै
काठमाडौ,२४साउन।प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन्।प्रतिनिधिसभाको बैठक १बजे बस्नु अगावै संसद् सुचारु गर्नका लागि सहमति खोज्न उक्त बैठक बस्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्