डेंगी संक्रमितको संख्या साढे नौ हजार पुग्यो, नौजनाको मृत्यु काठमाडौं, २४ साउन। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या साढे नौ हजार पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रणको तथ्यांकानुसार जनवरीयता अगस्ट ७सम्म नौ हजार ४११जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका पाँच हजार ४१जना छन्। १० जिल्लामा मात्र आठ हजार ३८२जनामा संक्रमण पुष्टि भएको छ। डेंगीका कारण यो अवधिमा नौजनाको मृत्यु भएको महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्