आज पनि एमालेले गर्यो प्रतिनिधिसभामा नाराबाजी
काठमाडौं,२४साउन।नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो।तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे। सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए।सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्